दुई साताका लागि युद्धविराम र स्ट्रेट अफ होर्मुज खोल्ने सहमति

काठमाडौँ- संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हिजो मात्र सम्पूर्ण सभ्यता नष्ट हुने चेतावनी दिनु भएको थियो ।

पाकिस्तानको मध्यस्ततामा भएको वार्तामा अमेरिका दुई सात युद्धविराम गर्न सहमत भएको छ । समयसीमा सकिन केहीबेरअघि युद्धविरामको सहमति भएको हो। यस्तै बार्तामा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने सहमति पनि बनेको छ ।

दूइ साताको युद्धविरामका साथै इरानी विदेशमन्त्री अब्बास अराग्चीले इरानी सशस्त्र फौजको समन्वयमा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने र युद्धमा सामेल भएको इजरेलले पनि युद्धविराम सहमति पालना गर्ने विवरण आएको विविसिले बताएको छ ।

वार्तामा मध्यस्थको भूमिका खेलेको पाकिस्तान मार्फत् अमेरिकासामु युद्धविरामको १० बुँदे योजना पेस गरिएको इरानले पुष्टि गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.