याक तथा चौरीको प्रवर्द्धनका लागि राष्ट्रिय याक दिवस मनाइने

रसुवा- सरकारले दोस्रो राष्ट्रिय याक दिबस रसुवाको आमाछोदिङ्मो गाँउपालिका तीन गतलाङ स्थित पार्बतीकुण्डमा मनाउने भएको छ ।

यहि वैशाख ७ गते राष्ट्रिय याक दिवस गतलाङ स्थित पार्बतीकुण्डमा मनाउने तयारी गरिएको पशुसेवा बिभागले जनाएको छ ।

ग्रामिण क्षेत्रमा नै पुगी मनाउन लागिएको याक दिवसले याक जन्य वस्तुहरूको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौरीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास पशुसेवा बिभाग लिएको पशुसेवा बिभागका सूचना अधिकारी इन्दिरा शर्माले बताउनुभयो ।

पछिल्लो समय जंगली जनाबरको आक्रमण, जलबायू परिबर्तन,प्रजनन सम्बन्धि समस्या,बिकट भौगोलिक अबस्था तथा चरण क्षेत्रको समस्याका कारण हिमाली क्षेत्रमा याक चौरीको संख्या घटि रहेको अबस्थामा गतलाङमा गर्न लागिएको याक दिबसले रसुवा जिल्लाका चौरी तथा याक पालन कृषकहरुमा नयाँ उत्साह  छाएको छ ।

याक पालनले हिमाली समुदायको आय आर्जन खाध्य र पोशण सुरक्षा बाताबरणीय सन्तुलन तथा प्रङगारिक खेतिका लागि सहयोग पुग्ने छ । याक तथा चौरीहरुमा चरण क्षेत्रमा देखिने रागेको समस्या पशु बिमा तथा समयमा उपचार पाउने आशा रसुवाका पशुपालन ब्यबसायीहरले लिएका छन ।

हिमाली क्षेत्रका तामाङ समुदायका पशुपालन ब्यबसायीहरुको प्रमुख आम्दानीको श्रोत रहेको याक चीज,घिउ तथा छुर्पी लगायतका बस्तुहरु लगायत हिमाली सभ्यता र सौन्दर्यको रुपमा रहेका याक को संरक्षण प्रबद्धनमा जोड दिन सहयोग पुग्ने संरक्षण कर्मीहरुले बताएका छन ।

याकलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित बन्य जन्तुको सूचिमा राखेको छ । दिबसका अबसरमा बिभागले याकको साँस्कतिक महत्व ,स्थानीय झाँकी, तथा याक चौरी पशुपालन ब्यबसायीहरुको समस्यामा समेत छलफलको कार्यक्रम रहेको राष्ट्रिय पशुपन्छि श्रोत ब्यबस्थापन तथा प्रबद्र्धन कार्यालयका बरिष्ठ पशु बिकास अधिकृत डाक्टर केशब भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.