नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १७ बिन्दुमा कायम भएको छ ।

आज ३४२ कम्पनीको एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर एक लाख २१ हजार ४३३ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १३, वित्त समूह शून्य दशमलव ५८, लगानी शून्य दशमलव ०९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र निर्जीवन बीमा शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

विकास बैंक शून्य दशमलव २७, होटल तथा पर्यटन दुई दशमलव ३६, जलविद्युत् शून्य दशमलव ०६, जीवन बीमा शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ४०, व्यापार एक दशमलव १० र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.