थापाथली र गैरीगाउँ क्षेत्रबाट सुकुम्बासीका २३ परिवार होल्डिङ सेन्टरमा

काठमाडौँ- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा हालसम्म २३ परिवारको तथ्यांक संकलन गरिएको छ।

उपत्यका विकास प्राधिकरणले रंगशालामा आइपुगेका सुकुम्बासीहरूको विवरण संकलन गर्ने कार्य गरिरहेको छ। थापाथली र गैरीगाउँ क्षेत्रबाट सुकुम्बासीहरू होल्डिङ सेन्टरमा आउने क्रम अझै जारी रहेको छ।

​यसैगरी, होल्डिङ सेन्टरमा रहेकाहरूका लागि प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको छ।

थप उपचार आवश्यक परेमा काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू खुला राखिएका छन्।

ती केन्द्रहरूबाट सामान्य प्राथमिक उपचार सेवा प्रदान भइरहेको छ।

थापाथली अव्यवस्थित बस्ती खाली गराउँदा आफूलाई घरवारविहीन वताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ ।

परिवार भेला नहुनु भएका ८ जना दशरथ रङ्गशालामा परिवार नआउञ्जेल बसिरहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.