दुई फर्मलाई जरिवाना

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि वेष्ट सपिङ सेन्टर ठमेललाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको हो ।

यस्तै, कान्तिपुर क्याफे एयरपोर्टलाई पनि दुई लाख पाँच हजार रुपैयाँ बराबरको जरिवाना गरेको छ । हेभन ह्याण्डिक्राफ्ट २६ ठमेल र गुडलक ट्रेकिङ सप ठमेलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले सोमबार कूल ४७ वटा फर्ममा अनुगमन गरेकामा ४३ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.