यदुस्मृति पत्रकारिता पुरस्कार सञ्चारकर्मी दाहाललाई

काठमाडौँ- २०८२ सालको यदुस्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिएको छ ।

बुधबार काठमाडौँमा नेपाल टेलिभिजनका कार्यक्रम निर्माता दाहाललाई २४औं यदुस्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

नेकपा एमालेका उपाध्यक्ष एवं पुर्वअर्थमन्त्री बिष्णु पौडेलले सम्मान पत्र र नगद २५ हजारसहित दाहाललाई सम्मान गर्नुभएको थियो ।

पत्रकारिताको माध्यमबाट हत्या, हिंसा, आतंकविरुद्ध कलम चलाई समाजमा शान्ति, सद्भाव र समृद्धिका लागि पुर्‍याएको योगदानको कदर गर्दै दाहाललाई पुरस्कृत गरिएको यदुस्मृति प्रतिष्ठानले जनाएको छ ।

लेखक, साहित्यकार तथा राजनीतिकर्मी यदु गौतमलाई द्वन्द्वकालीन समयमा तत्कालीन माओवादीका कार्यकर्ताले हत्या गरेपछि निरन्तर रूपमा शान्ति स्थापनाको पक्षमा कलम चलाउने पत्रकारलाई यदुस्मृति प्रतिष्ठानले पुरस्कृत गर्दै आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.