डाक्टर मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौँ- संवैधानिक परिषदले सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा डा मनोजकुमार शर्मालाई सिफारिस गरेको छ ।

आज सिंहदरबारमा बसेको संबैधानिक परिषदको बैठकले सर्बोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

बैठकमा प्रधानमन्त्रीलगायत संबैधानिक परिषदका सबै सदस्यहरुको उपस्थिति थियो ।

परिषदको सिफारिसपछि शर्माको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने कानूनी व्यवस्था छ ।

संसदीय सुनुवाइ समितिले शर्माको नाम सिफारिस गरे उहाँ नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नुहुनेछ ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.