बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौँ- आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । साताको अन्तिम कारोबार दिन आज नेप्से २७.४९ अङ्कले बढेको हो । यो बृद्धिसँगै नेप्से २७४५ दशमलव ६५ विन्दुमा पुगेर बन्द भएको छ ।
हिजोको भन्दा आज कारोबार रकम पनि बढेको छ। आज ३ अर्ब २८ करोड भन्दा धेरै रकमको कारोबार भएको छ ।
दिनभरिमा ३३५ कम्पनीका ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ५३ हजार १४ पटक किनबेच हुँदा कुल ३ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ रुपैयाँ बराबरको कारोबार भएको हो ।।






प्रतिक्रिया राख्नुहोस्