परम्परामा जाने भएको भए किन अहिलेको सरकार आवश्यक हुन्थ्यो- रवि लामिछाने

धेरै टसल गरेर र चुनौतीपूर्ण अभिव्यक्ति दिएर के लाभ हुन्छ र ? म यहीं छु । मेरो गर्दन त्यहीं छ । हतियार चलाइदिन आग्रह गर्दछु

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सिफारिस संविधान भित्रबाट भएको बताउनु भएको छ ।

पार्टीले सांसदहरुका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सभापति लामिछानेले संवैधानिक परिषद् र प्रधानन्यायाधीशको नियुक्ति संवैधानिकसमम्त रहेको जिकिर गर्नु भएको हो ।

प्रधान न्याायधीशको नियुक्ति सिफारिसले मूर्धन्यले पनि परम्पराभन्दा बाहिर गएको भनेको भन्दै सभापतिले लामिछानेले उक्त सिफारिस असंवैधानिक भएको भए ६/६ जना किन सिफारिस गरियो भनि प्रश्न गर्नु भयो । संविधानले ६ जनाको साटो वरिष्ठतम् जो छ उसैलाई सोझै नियुक्त दिनु भन्ने ब्यवस्था नगरेको उहाँको भनाइ थियो ।

”६ जना न्यायाधीशहरुको सिफारिस रास्वपाको सरकारले गरेको थिएन । यसरी आएका नामबाट छानिएको हो । योग्यताहरुमध्येबाट छानिन्छ भनेर संविधानले भनेकाले त्यही गरेको हो,’ लामिछानेले भन्नुभयो, ‘परम्परा भत्काइयो भन्ने कुरा छ । त्यही परम्परामा जाने भएको भए किन अहिलेको सरकार आवश्यक हुन्थ्यो र ? सभापति लामिछानेले भन्नुभयो ।

भागबन्डामा आफूलाई विश्वास नभएको भन्दै सभापति लामिछानेले न्यायमूर्तिहरुको सूचीअनुसार एउटा छान्नु भनियो, त्यहीअनुसार संवैधानिक परिषदबाट प्रधान न्याायधीश छानिएको दाबी गर्नु भयो ।

उहाँले सम्मानित अदालतले यस विषयमा थप टीकाटिप्पणी गर्न उचित नहुने धाराणा राख्नु भयो। ‘धेरै टसल गरेर र चुनौतीपूर्ण अभिव्यक्ति दिएर के लाभ हुन्छ र ? म यहीं छु । मेरो गर्दन त्यहीं छ । हतियार चलाइदिन आग्रह गर्दछु,’ लामिछानेले अगाडि भन्नुभयो, ‘अन्यायमा हामी पनि पर्‍यौं होला । चिच्चाई चिच्चाइ न्याय पाउँ भन्न मन थियो होला । तर अदालतप्रति आसा र भरोसा छ भनिरहेका छौं ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.