अछाममा भारतको आर्थिक सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास

काठमाडौँ –  भारत सरकारको आर्थिक सहयोगमा अछामस्थित मेल्लेख गाउँपालिका–४ मा रहेको श्री बासुकी माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

मङ्गलवार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउँदले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएकोहो ।

करिब ३ करोड ८० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत मेल्लेख गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

कार्यक्रममा मेल्लेख गाउँपालिकाका अध्यक्षसहित स्थानीय सरोकारवालाले भारत सरकारले नेपालमा गर्दै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो ।  नयाँ विद्यालय भवन निर्माणपछि विद्यार्थी र शिक्षकका लागि सिकाइ तथा अध्यापनको वातावरण थप सुदृढ हुने विश्वास सरोकारवालाले व्यक्त गर्नुभयो ।

भारतीय दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा भारत र नेपालबिच नजिकको छिमेकी सम्बन्धअन्तर्गत बहु आयामिक सहकार्य रहँदै आएको उल्लेख गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत पूर्वाधार विकास तथा नेपालको विकास र समृद्धिको प्रयासमा भारत सरकारको निरन्तर सहयोग रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.