विपक्षीहरुको अडानसँगै बैठक स्थगित, भोलि विहान ११ बजे बैठक बस्ने

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठक प्रतिपक्षीहरुको विरोधका कारण स्थगित भएको छ। भोलि बैशाख ३१ गते बिहीबार विहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची थियो । तर ढिलागरी प्रधानमन्त्री बैठकमा आउन नसक्ने सूचना आएपछि संसदमा विपक्षीहरुले विरोध गर्न थालेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायत एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरुले प्रधानमन्त्री संसदमा उपस्थित भएपछि मात्र बैठक अघि बढाउन भन्दै उठेर विरोध गरिरहे ।

सभामुख डिपी अर्यालले पटक पटक सांसदहरुलाई बैठक सुचारु गर्न आग्रह गरेपनि विपक्षीहरुले अडान छाडेनन् र बैठक दुई पटकसम्म स्थगित भयो ।

बैठक सुचारु गर्ने विषयमा विभिन्न दलका नेताहरुसँग सभामुखले चलाएको छलफल पनि निष्कर्षमा पुगेन ।

तेश्रो पटक बसेको बैठकमा पनि अवरोध कायम भएपछि सभामुख अर्यालले आजको कार्यसूचीमा रहेका विषयहरु सबै हटाएर भोलिको लागि सारेको जानकारी दिनुभयो ।

भोलि विहान ११ बजे बस्ने संसदको बैठकमा सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथि राखेका संशोधन प्रस्तावमाथि छलफल हुने र प्रधामन्त्रीले संसदमा उठेका विषयको जवाफ दिने कार्यक्रम रहेको पनि सभामुखले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.