प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मा सुनुवाइ समितिबाट अनुमोदित

काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
मंगलबार बसेको समितिको बैठकले शर्माको नाम सर्वसम्मत् अनुमोदन गरेको हो ।
समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माले न्यायालय सुधारका लागि आफ्नो प्रतिबद्धता तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । बैठकमा शर्माले सांसदहरुले उहाँमाथि उठाउनु भएका प्रश्न र समितिमा परेका उजुरीहरुका सम्बन्धमा स्पष्ट पार्नु भएको थियो ।
गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई सिफारिस गरेको थियो ।
संसदीय समितिबाट उहाँको नाम अनुमोदन भएसँगै शर्मा प्रधानन्यायाधीशमा नियुक्तिको लागि बाटो खुला भएको छ ।






प्रतिक्रिया राख्नुहोस्