धादिङमा सार्वजनिक वनको जग्गा अतिक्रमण गरी बनाइएका पक्की संरचना भत्काउन सुरु

धादिङ- सर्वोच्च अदालतको आदेशपछि धादिङमा सार्वजनिक वनको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको पक्की संरचना हटाउन थालिएको छ ।
यसै क्रममा पृथ्वी राजमार्ग अन्तर्गत सलाङ्गघाटबाट अबैध संरचना भत्काउने काम सुरु गरिएको हो । पक्की भवनमा डोजर लगाएर भत्काइएको छ भने अन्य संरचनाको खोजी कार्य भइरहेको डिभिजन वन कार्यालय
धादिङले जनाएको छ ।
राजमार्ग क्षेत्रका बाहेक जिललाका अन्य स्थानमा बनेका यस्ता संरचनको बारेमा भने डिभिजन वन कार्यालय बेखवर जस्तै छ ।
डिभिजन वन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट-रोराङ गाउँपालिका३ सलाङ्गघाटमा
सार्वजनिक वनको जग्गा मिचेर निर्माण गरिएको भन्दै उक्त भवन भत्काएको हो ।
लामो समयदेखि विवादमा रहेको उक्त संरचना भत्काउन सर्वोच्च अदालतले २०७९ साल पुषमै आदेश
दिएको थियो ।
अदालतको आदेश कार्यान्वयनका लागि पटक-पटक ताकेता भएपछि अहिले डोजर लगाएर भवन हटाइएको
डिभिजन वन कार्यालय धादिङका प्रमुख रोशना पोखरेलले जानकारी दिनुभयो ।
सार्वजनिक सम्पत्तिको दोहन गरी व्यवसाय सञ्चालन गरेको भन्दै दायर भएको मुद्दामा अदालतले उक्त
भवनलाई अवैध ठहर गर्दै भत्काउन आदेश दिएको थियो ।
प्रमुख पोखरेलले अदालतको आदेशको सम्मान गर्दै भवन भत्काइएको बताउनुभयो । तर अन्य क्षेत्रमा भएका
वन अतिक्रमणका विषयमा भने हालसम्म कुनै ठोस योजना तयार नभएको उहाँको भनाइ छ ।।




प्रतिक्रिया राख्नुहोस्