१२ अंकले घट्यो नेप्से

काठमाडौँ- नेप्से परिसूचक आज घटेको छ ।  नेपाल स्टक एक्स्चेञ्ज परिसूचक बिहीबार १२ दशमलव ३६ अंकले घटेको हो ।

योसँगै नेप्से २७४२.११ विन्दुमा  भझरेको छ । आज म्युचुअल फण्ड र व्यापार बाहेकका सबै उपसमूह घटेका छन् ।

बजार घटेपनि कारोबार रकम भने हिजोको तुलनामा केही बढेको छ । हिजो ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.