बैठकमा विपक्षी सांसदहरुको विरोध, अर्को बैठक जेठ १२ गते मंगलबार
बिरोधकाबीच अघि बढ्यो बैठक

काठमाडौँ- विपक्षी दलका सांसदहरुको नारावाजी र विरोधको बाबजूद पनि आजको प्रतिनिधि सभाको बैठक सञ्चालन भयो ।
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका नाराबाजीकैबीच सभामुखले बैठक सञ्चालन गर्नुभएको हो ।
विपक्षी दलहरुले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको उपस्थिति, जवाफ र सांसदसँगको प्रश्नोत्तर कार्यक्रमका लागि माग गरेपनि सभामुखले ती मागहरुको बारेमा सम्बोधन नगरी बैठक अगाडि बढाउनुभएको हो ।
विपक्षी दल एमाले, नेकपा र श्रम संस्कृति पार्टीका सांसदहरुले नारावाजीसहित रोष्ट्रम घेरेर बैठकमा अबरोध श्रृजना गरेका थिए भने नेपाली काँग्रेसका सांसदहरुले आफ्नो स्थानमा उभिएर सरकारको विरोध गरेका थिए ।
नाराबाजी र होहल्लाबीच पनि सभामुखले केही विधेयकहरु पारित भएको घोषणा गर्नुभएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक यही जेठ १२ गते मंगलबार बस्नेगरी स्थगित भएको छ ।।





प्रतिक्रिया राख्नुहोस्