तराई-मधेशका जिल्लामा अत्यधिक गर्मी, जनजीवन कष्टकर

काठमाडौँ- देशभर तापक्रम बढ्दै जाँदा विशेषगरी तराई र मधेशका जिल्लामा अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ।
पूर्वी तराईका केही स्थानमा वर्षासँगै केही राहत मिले पनि पश्चिम तराईमा गर्मी अझ बढेको छ।
कञ्चनपुर, कैलाली, दिपायल, बाँके र रुपन्देही लगायत जिल्लामा तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ भने तातो हावा ‘लु’ का कारण दैनिक जनजीवन प्रभावित भएको छ।
दिनको समयमा घर बाहिर निस्कन कठिन भइरहेको छ र अस्पतालमा बिरामीको चाप बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागमा अझै तातो दिन र लुको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।






प्रतिक्रिया राख्नुहोस्