एआईमा १५ नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप दिने सरकारको घोषणा

काठमाडौँ- सरकारले एआईको क्षेत्रमा १५ नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै एआईको क्षेत्रमा फेलोशिप दिने घोषणा गर्नुभएको हो ।

अर्थमन्त्री वाग्लेले नेपालको अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रुपान्तरणको जग निर्माण गर्ने बताउनुभयो ।

आगामी आर्थिक वर्ष एआई क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याती बनाइरहेका कमितमा १५ नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिप गरी नेपाल फर्केर योगदान गर्न अर्थमन्त्री वाग्लेले आग्रह पनि गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.