नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहलले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ ।
गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई नियुक्त गर्दै प्रधानमन्त्री शाहले आज मन्त्रिपरिषद विस्तार गर्नु भएको हो ।
नव नियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मन्त्रीहरुको नियुक्त गर्दै मन्त्रिहरुलाई शपथ गराउनु भएको हो ।
गृह मन्त्रालयमा पुनः सुधन गुरुङ दोस्रो पटक जिम्मेवारी दिइएको हो । सम्पत्ति सम्बन्धी विवादमा तानिएपछि उहाँमाथि एक समिति गठन गरि अनुसन्धान गरिएको छ । मन्त्रिपरिषदको आजको बैठकमा उक्त समितिको प्रतिवेदन पेश भएको थियो ।
समितिले सम्पति सम्बन्धी विवादमा सफाइ दिएसँगै गुरुङ गृह्यमन्त्रीमा फर्किनु भएको हो । स्वतन्त्र सांसद महावीर पुनलाई पहिलो पटक गठन गरिएको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री बन्नु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्