रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न

काठमाडौँ- बर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आज ललितपुरमा सम्पन्न भएको छ । गत वैशाख १८ गतेबाट सुरु भएको रथयात्राको अन्तिम दिन आज लगनखेलको थती टोलबाट रथ तानेर जावलाखेल पुर्‍याएसँगै यो रथयात्रा सम्पन्न भएको हो ।

बिशेषगरी यो जात्रामा काठमाण्डौँका पश्चिम भेगका कीर्तिपुर, मच्छेगाँउ, नैकाप, सतुंगल, पाँगा लगायत सात गाँउलेहरु आएर रथ तान्ने परम्परा रहेको छ ।

नेपालको सबैभन्दा लामो मानिएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइएको तेस्रो दिन अर्थात असार ६ गते भोटो देखाउने जात्रा सम्पन्न भएपछि यस वर्षको मच्छिन्द्रनाथको सम्पूर्ण रथ जात्रा सम्पन्न हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.