अमेरिका र इरानबीच प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियनले युद्धविराम सम्झौतामा भर्चुअल हस्ताक्षर गरे पछि प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा गर्ने तयारी गरेको जनाइएको छ ।

रोयटर्सका अनुसार शुक्रबार स्विट्जरल्यान्डको बुर्गेनस्टक माउन्टेन्टप रिसोर्टमा प्रत्यक्ष वार्ता गर्ने तयारी भएको छ भने वार्ताको तालिका र विवरण भने सार्वजनिक गरिएको छैन ।

स्विस विदेश मन्त्रालयले मध्य पूर्वको शान्ति र सुरक्षालाई आफ्नो विदेश नीतिको प्राथमिकता भन्दै विज्ञप्ति जारी गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले स्वागत गर्दै गर्दा प्यालेस अफ भर्साइल्समा रात्रिभोजको क्रममा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताले वासिङ्टन र तेहरान बीचको महत्वपूर्ण कूटनीतिक विकासलाई प्रतिनिधित्व गर्ने जनाइएको छ । सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियनले दुई देशबीचको शत्रुता अन्त्य गर्ने, स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र विस्तृत अन्तिम सम्झौताका लागि वार्ता गर्न ६० दिनको प्रक्रिया सुरु गर्ने उद्देश्यले १४ बुधे सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।

दुई देशका प्रतिनिधिबीच भएको १४ बुदे सम्झौताले लेबनानमा समेत सैन्य अपरेसनहरू तत्काल बन्द गर्ने व्यवस्था गर्दै दुबै देशले ६० दिन भित्र अन्तिम सम्झौतामा पुग्ने प्रतिबद्धता गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.