ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण

दमौली– असारः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृहको निरीक्षण गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले विद्युत्गृहका विभिन्न संरचना, उपकरण तथा सञ्चालन अवस्थाबारे आयोजनाका प्राविधिक कर्मचारीसँग जानकारी लिनुभएको हो ।

त्यस अवसरमा मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षामा जलविद्युत् आयोजनाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उत्पादन क्षमता वृद्धि तथा पूर्वाधार सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री श्रेष्ठलाई आयोजनाका निमित्त प्रमुख शेरमहम्मद हुसैनले विद्युत्गृहका बारेमा जानकारी गराउनुभएको थियो । यहाँबाट ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.