पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

काठमाडौं– रास्वपाका सभापति रवि लामिछानेले पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले आफुहरुबाट आउने परिणाम पनि उस्तै रहने बताउनु भएको छ ।

चितवनमा जारी बन्दसत्रलाई सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले गुट उपगुट रहित एकतावद्ध रास्वपा हुनुपर्ने धारणा राख्नु भएको हो ।

रास्वापाको राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो, झन्झन् शक्तिशाली बन्नका लागि गुट–उपगुटको सङ्घर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम उस्तै हुन्छ, फरक हुँदैन। फरक परिणाम निकाल्ने हो भने, केही फरक त सोच्नैपर्छ। जहाँबाट जसरी आएको भए तापनि यो निलो रङभित्र हामीले राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता सँगै मिसिएर आएको छ। सभापति लामिछानेले भन्नुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.