सवारी सधान एक आपसमा ठोकिदा चालक घाइते,पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको रुवाखोलामा दुई सवारीसाधन एकआपसमा ठोक्किँदा चालक घाइते भएका छन्।

मुग्लिङ–आँबुखैरेनी सडकखण्डअन्तर्गत आँबुखैरेनी गाउँपालिका–४ स्थित रुवाखोलामा मालवाहक डब्बा (ट्रक) र नेपाल आयल निगमको ट्याङ्कर एकआपसमा ठोक्किँदा दुई घण्टादेखि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

राजमार्ग अवरुद्ध भएपछि सयौँ यात्रु  बाटोमै अलपत्र परेका छन्।

घाइते चालकलाई उपचारका लागि अस्पताल पठाइएको छ भने सडकमा अवरोध हटाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.