सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछानेले उम्मेदवारी दर्ता गराउनु भएको छ। सभापतिको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह रहनु भएको छ ।
रास्वपाको चितवनमा जारी महाधिवेशन अन्तरगत बन्दसत्र सकिएलगत्तै सभापतिले उम्मेदवारी दर्ता गराउनु भएको हो । रास्वपा महाधिवेशनमा सभापति र केन्द्रीय सदस्यको सुरुमा चुनाव हुने प्रावधान छ । त्यसको परिणाम आएपश्चात पदाधिकारीहरुको चुनाव हुन्छ ।
निर्वाचन तालिका अनुसार साँझ ७ बजेदेखि साढे सातसम्म सभापति पदको फारम वितरण र दर्ता, केन्द्रीय सदस्यको साढे सात देखि साढे ९ बजेसम्म, उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन राति १० बजे हुने छ ।
त्यस्तै उम्मेदवारविरुद्ध दाबी विरोधका लागि राति साढे १० बजेसम्मको समय तोकिएको छ ।
दाबी विरोधमा परेका उजुरीबारे जाँचबुझ राति ११ बजेसम्म सकिने र उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय राति सवा ११ बजेसम्मको समय तोकिएको छ ।
उम्मेदवारको अन्तिम नामावली राति पौने १२ बजे प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्