पदाधिकारी चयनका लागि मतदान जारी

चितवन- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान जारी रहेको छ।
सोही क्रममा गृहमन्त्री सुदन गुरुङले पनि मतदान प्रक्रियामा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेका छन्।
केन्द्रीय सदस्य चयनको प्रक्रिया सम्पन्न भएपछि अहिले पार्टीका उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीलगायत पदाधिकारी चयनका लागि प्रतिनिधिहरूले मतदान गरिरहेका छन्। महाधिवेशन स्थलमा बिहानदेखि नै प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको छ भने मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ।
यसअघि महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएको छ । अब पदाधिकारी चयनपछि रास्वपाले नयाँ केन्द्रीय नेतृत्वलाई पूर्णता दिनेछ। मतदान सम्पन्न भएपछि तत्काल मतगणना सुरु गरिने निर्वाचन समितिको तयारी छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी संगठनात्मक संरचना र नेतृत्व चयनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। नयाँ नेतृत्वले आगामी कार्यकालमा पार्टीको संगठन विस्तार र राजनीतिक रणनीतिलाई अघि बढाउने अपेक्षा गरिएको छ।।






प्रतिक्रिया राख्नुहोस्