सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

महेन्द्रनगर- मनसुनका देखिएको असन्तुलन र खडेरीका कारण कञ्चनपुरमा असार मध्यसम्म ५० प्रतिशत पनि रोपाइँ भएको छैन । गत वर्ष असार १५ अर्थात् धान दिवस मनाइरहँदा कञ्चनपुरमा ६५ प्रतिशत रोपाइँ सकिएको थियो ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष समयमा वर्षा नहुँदा जिल्लाभरमा ४५ प्रतिशत रोपाइँ भएको छ । केन्द्रका प्रमुख धर्म साउँदले मनसुनमा भएको ढिलाइका कारण जिल्लामा रोपाइँ कम भएको बताउँदै जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जानकारी दिनुभयो ।
जिल्लाभर सिँचाइका सुविधा ३९ हेक्टर क्षेत्रफलमा रहे पनि अधिकांश कृषकले आकाशे पानीको भरमा धानखेती गर्नुपरेको छ । केन्द्रका प्रमुख साउँदले गत वर्षभन्दा यस वर्ष वर्षा कम हुँदा रोपाइँमा ढिलाइ भइरहेको बताउनुभयो । केही दिनयताको गर्मीका कारण किसानले जेनतेन खेतमा लगाएको धान पनि सुक्न थालेको छ ।
केन्द्रका अनुसार यहाँका अधिकांश किसानलाई बोरिङको पानी तान्न पनि समस्या भइरहेको छ । वर्षा नभएकाले जमिनमुनिको पानी पनि सुक्न थालेकाले बोरिङबाट तान्न पनि समस्या भइरहेको साउँदले बताउनुभयो । “जमिनमुनि पनि पानीको तह घटिरहेको छ”, उहाँले भन्नुभयो, “सिँचाइ सुविधा नहुँदा किसानले धान रोप्न पाइरहेका छैनन् ।” असारको मध्य भइसक्दा पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको नसकेको ज्ञान केन्द्रको भनाइ छ ।
कञ्चनपुरमा महाकाली सिँचाइ पहिलो र दोस्रो चरणअन्र्तगत भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकाको ११ हजार ६०० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।
त्यसैगरी, महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्र्तगत कञ्चनपुरका साथै कैलालीको मालाखेती क्षेत्रसम्म ३३ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित राष्ट्रिय गौरवको सिँचाइ आयोजना निमार्णाधीन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.