दैलेखको साङगेतरास्थित कर्णाली राजमार्गबाट फोर्स गाडी कर्णालीमा खस्याे

दैलेख- सुर्खेतबाट कालिकाेटतर्फ जाँदै गरेकाे फाेर्स गाडी कर्णाली नदीमा खसेकाे छ ।
बिहान ११:३० बजे दैलेखकाे चामुण्डाबिन्द्रासैनी न.पा. वडा नं. ०७ कर्णाली राजमार्ग अर्न्तगत साङगेतरामा सडकबाट करिव ४ सय मिटर तल गाडी खसेकाे जिल्ला प्रहरी कार्यालय दैलेखले पुष्टि गरेको छ ।
क.प्र. ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदिमा खसेको स्थानीयले टेलिफोनमार्फत जानकारी गराएका थिए ।
अहिले उद्दारका लागि प्रहरी टोली खटिएको छ ।
नदी छेउमा १ जना नाम थर र वतन नखुलेको पुरुष फेला पारी उद्दार गरी सडक तर्फ ल्याउने कार्य भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
उद्धारका सामाग्रीसहित ३५ जना प्रहरी टोली खटिएकाे र खाेजि कार्य जारी छ । प्रहरी चाैकि पाल्तडाबाट करिव ३ कि.मी. उत्तर तर्फ छ । अहिले खाेजि कार्य तिब्र पारिएकाे छ ।।






प्रतिक्रिया राख्नुहोस्