गणेश नेपालीको मृत्यु सम्बन्धी घटना अध्ययन गर्न छानविन समिति गठन

काठमाडौँ- गणेश नेपाली आत्मदाहको विषयलाई छानविन गर्न सरकारले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

सरकारले गणेश नेपाली घटना प्रकरण गर्न डिआजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको गृहमन्त्री सुधन गुरुङले संसदलाई जानकारी दिनु भएको हो  ।

गृहमन्त्रीले यो घटनामा संघीय सरकार भन्दा पनि स्थानीय सरकारको भूमिका देखिएको भन्दै देशमा तीन तहका सरकार छन् भनेर बुझ्नुपर्ने बताउनुभयो ।

आज प्रतिनिधि सभामा जवाफ दिनुहुँदै  उहाँले सरकारको अथक प्रयासकाबीच गणेश नेपालीलाई बचाउन नसकेको भन्दै घटना प्रति दुख ब्यक्त गर्नुभयो ।

उहाँले संघमा आफ्नो सरकार भएपनि स्थानीय र प्रदेशमा आफ्नो सरकार नभएको भन्दै सरकार भएकाहरु उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.