पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन

काठमाडौं, असार २० — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले मुस्ताङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर क्षेत्रको स्थलगत अनुगमन गर्नु भएको छ ।

मन्त्रालयका अनुसार धार्मिक पर्यटनको विकास तथा पूर्वाधार स्तरोन्नतिको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले शनिबार मन्त्रीले मुक्तिनाथ क्षेत्रको अवलोकन गर्नु भएको हो ।

अनुगमनका क्रममा मन्त्रीले मुक्तिनाथ मन्दिरमा दर्शन गर्नुका साथै १०८ धारा परिसरको निरीक्षण गरेका थिए। उनले तीर्थयात्री र स्थानीयवासीसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै क्षेत्रको व्यवस्थापन, सेवा सुविधा र पर्यटन प्रवर्द्धनका विषयमा जानकारी लिनु भएको थियो ।

मन्त्रीले मन्दिर परिसरको सरसफाइमा विशेष ध्यान दिन, जुत्ता–चप्पलको व्यवस्थित व्यवस्थापन गर्न तथा मुक्तिनाथ क्षेत्रलाई पूर्ण रूपमा प्लास्टिकमुक्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनु भयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धार्मिक पर्यटकीय गन्तव्यहरूको संरक्षण, व्यवस्थापन र दिगो विकासमा सरकार प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.