राष्ट्रपति पौडेलसँग पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झाको छलफल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई-मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्वराष्ट्रपति डा रामवरण यादवपूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल गर्नुपर्ने धारणा राख्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

पूर्वराष्ट्रपति डा यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आमनागरिकको साथ लिएर समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभएको बताउनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.