लगानी बोर्डको सीईओमा याङकी उक्याव नियुक्त, सुनसरी–सिराहा घटनाका पीडितलाई राहत उपलब्ध गराइने 

काठमाडौं– प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा बसेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले विभिन्न प्रशासनिक, कानुनी तथा नीतिगत विषयसँग सम्बन्धित सात महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा काठमाडौंका याङकी उक्यावलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ।

मन्त्रिपरिषद्ले पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरेको छ। साथै, बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसदमा पेस गर्न पनि स्वीकृति दिएको छ।

बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर के.सी. र सचिव पदमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

यस्तै, सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचार र राहतको व्यवस्था गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.