युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, कयौँ घाइते

एजेन्सी- युक्रेनमा भएको पछिल्लो घातक रूसी मिसाइल र ड्रोन आक्रमणका कारण कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।

रुसले आक्रमणमा चार वर्षभन्दा बढी ब्यालेस्टिक मिसाइलहरूको प्रयोग बढाएपछि पछिल्लो समयमा किएभले सहयोगीहरूलाई थप अमेरिकामा निर्मित प्याट्रियट इन्टरसेप्टरहरू आपूर्ति गर्न आग्रह गरेको जनाइएको छ ।

युक्रेनी वायुसेनाले सम्भावित ब्यालेस्टिक मिसाइलहरूको चेतावनी जारी गरेपछि किएभमा विस्फोट भएको एएफपीले जनाएको छ । विस्फोटपछि घण्टौँसम्म यस क्षेत्रको हावामा कालो धुवाँको मुस्लो दखिएको रिपोर्ट गरिएको छ ।

किएभको सैन्य प्रशासनले मिसाइल र ड्रोनका वर्षाहरू आवासीय भवन र धेरै गोदामहरूमा खसेको बताएको छ । रूसले जानाजानी नागरिक तथा नागरिक पूर्वाधारमा आक्रमण गरिरहेको सैन्य प्रशासनले टेलिग्राममार्फत जनाएको छ ।

सैन्य प्रशासनले चार जिल्लामा आगलागी भएपछि राजधानी किएभमा एक महिलाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएको जनाएको छ ।

किएभ क्षेत्रमा भएको आक्रमणमा १४ जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् भने किएभको वरपरका क्षेत्रहरूमा २० जनाभन्दा बढी घाइते भएको उल्लेख गरिएको छ । किएभ क्षेत्रले फेरि सबैभन्दा दुःखद् शत्रु आक्रमणको अनुभव गरेको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले टेलिग्राममार्फत जनाउनुभएको छ ।

यसअघि शनिबार किएभ र यसको उपनगरहरूमा भएको रूसी आक्रमणहरूले १० जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएको र युक्रेनी ड्रोनहरूले कृष्ण सागरमा विशाल रूसी कन्टेनर जहाज डुबाएको रिपोर्ट गरिएको थियो ।

पछिल्लो समयमा युक्रेनले रूसका तेल तथा ग्यास सुविधाहरूलगायत नागरिक पूर्वाधारहरूमा आक्रमणहरू तीव्र पार्दै गर्दा रूसी ड्रोन आक्रमणहरू पनि बढ्दै गएको जनाइएको छ ।

मस्को क्षेत्रमा भएको आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएको जनाइएको छ ।

मस्कोका मेयरले बुधबार देशको हवाई सुरक्षाले रूसी राजधानीतर्फ गइरहेका कम्तीमा १० वटा ड्रोनलाई रोकी र नष्ट गरेको बताउनुभयो ।

मस्कोको दक्षिणमा रहेको तुला क्षेत्रका गभर्नरले रूसी रक्षा सेनाले रातभर १०७ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको बताउनुभयो । उहाँले आक्रमणमा दुई अपार्टमेन्ट भवनहरू क्षतिग्रस्त भएको र यस क्षेत्रमा ड्रोन खसेर आगलागी भएको बताउनुभयो ।

यसैबीच, युक्रेनले खेरसन सहरमा ड्रोनद्वारा एक व्यक्तिलाई पछ्याइपछ्याइ आक्रमण गरेको भिडियोमा आक्रोश व्यक्त गर्दै यसलाई नागरिकहरूलाई लक्षित गरी जानाजानी ‘शिकार’ गरेको आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार पर्यवेक्षकहरूले सन् २०२२ फेब्रुअरीमा रूसले गरेको आक्रमणपछि नागरिक हताहतको बढ्दो सङ्ख्या उच्चस्तरमा पुगेकोमा चिन्ता व्यक्त गरेका छन् ।

युक्रेनका राष्ट्रपति भालोदिमर जेलेन्स्कीले ब्यालेस्टिक मिसाइल इन्टरसेप्टरको अभावले मानव जीवन नष्ट गर्ने त्यस्ता आक्रमणहरू गर्न रूसलाई प्रोत्साहन मिलेको बताउनुभएको छ ।

उहाँले गत मङ्गलबार आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको भेटमा आंशिक रूपमा घरेलु रूपमा प्याट्रियट संरक्षण गर्ने हतियार उत्पादन गर्ने इजाजतपत्रका लागि वासिङ्टनसामु अनुरोध गरेको बताउनुभएको थियो ।

रूसले शनिबारको आक्रमणले सैन्यऔद्योगिक जटिल उद्योगलगायतका केन्द्रहरूमा प्रहार गरेको बताएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.