बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

हेटौँडा- बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापा मगर नियुक्त हुनुभएको छ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

थापा नेकपा (एमाले), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो।

यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि बिहीबार अपराह्न ४ बजेसम्ममा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो।

थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ सांसदको समर्थनसहित बुधबार मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो। १०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। थापा बागमती प्रदेशका सातौँ मुख्यमन्त्री बन्नुभएको हो।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.