स्याङ्जामा दैनिकजसो बेवारिसे अवस्थामा भरुवा  बन्दुक बरामद

स्याङ्जा- स्याङ्जामा पछिल्लो समय बेवारिसे अवस्थामा भरुवा बन्दुक तथा बन्दुक बनाउन प्रयोग हुने सामग्री फेला पर्ने क्रम बढेको छ ।
पछिल्ला दुई दिनमै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट दर्जनभन्दा बढी बन्दुक तथा बन्दुक आकारका सामाग्री  बरामद गरेको छ ।
बुधबार वालिङ नगरपालिका–१२ कोखेमा गस्तीमा खटिएको प्रहरी टोलीले सात थान भरुवा बन्दुक आकारका सामाग्री तथा तीन थान भरुवा बन्दुकसहित त्यसमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको थियो ।
यस्तै, बिहीबार गल्याङ नगरपालिका–११ साउनेपानीमा समेत बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने विभिन्न सामग्री फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक रमेश दत्त अवस्थिले जानकारी दिनुभयाे ।
गाउँ–गाउँमा सुरक्षा गस्ती बढाउनुका साथै स्थानीय नागरिकबाट प्राप्त सूचनाका आधारमा यस्ता हतियार तथा सामग्री फेला पारिएको प्रहरीको भनाइ छ ।
बेवारिसे अवस्थामा पटक–पटक भरुवा बन्दुक फेला पर्न थालेपछि ती हतियार कहाँबाट आए र कुन प्रयोजनका लागि राखिएका थिए भन्ने विषयमा समेत चासो बढेको छ ।
प्रहरीले बरामद भएका हतियार तथा सामग्रीका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । साथै, यस्ता अवैध हतियार कसैले लुकाएर राखेको वा प्रयोग गरिरहेको भए प्रहरीलाई सूचना दिनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.