सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच सहमति

काठमाडौं- सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच १४ बुँदे सहमति भएको छ। सहमतिसँगै महाअभियानले गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ।

काठमाडौं उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाअभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच भएको गहन छलफलपछि १४ बुँदे सहमतिमा हस्ताक्षर भएको हो।

सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सहमति कार्यान्वयनका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने र महाअभियानले आन्दोलनका कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।

दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिकका विभिन्न विषय उठाउँदै आन्दोलन गर्दै आएको थियो। पछिल्लो समय महाअभियानका कार्यकर्ता काठमाडौं उपत्यका प्रवेश गरी पुल्चोकमा धर्नामा बसेका थिए।

१४ बुँदे सहमतिपछि उक्त धर्नासहित महाअभियानका आन्दोलनका कार्यक्रम तत्कालका लागि अन्त्य भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.