अपाङ्गता भएका करिब एकचौथाइ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

काठमाडौँ – अपाङ्गता भएका बालबालिकामध्ये करिव एकचौथाइ बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित रहेको पाइएको छ ।

नेत्रहीन युवा संघले आइतबार काठमाडौमा आयोजना गरेको  ‘अपांगता समावेशी पत्रकारिता तथा मिडिया रिपोर्टिङ’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा संघले अपाङ्गता भएका बालबालिका मध्ये २४ प्रतिशत बालबालिका विद्यालय शिक्षाबाट बंचित रहेको जानकारी गराएको हो ।

भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव, परिवारको आर्थिक अवस्था तथा सामाजिक दृष्टिकोणका कारण बालबालिकाहरु विद्यालय शिक्षामा उपस्थिति कमजोर हुन पुगेको सघको भनाइ छ ।

संघका अनुसार यसरी विद्यालय शिक्षाबाट बाहिर रहनेमा सबैभन्दा धेरै मधेश प्रदेशका बालबालिका रहेका छन् । जहाँ अपाङ्गगता भएका ३५ प्रतिशत बालबालिकाहरु विद्यालय  टेकेका छैनन्।

अपाङ्गता भएका व्यक्ति र उनीहरूलाई गर्ने सम्बोधनका विषयमा सञ्चार माध्यमले कम ध्यान पुग्ने गरेको  सरोकारवालाले बताएका छन् । समाचार लेख्दा र प्रसारण, प्रकाशन गर्दा अपाङ्गता भएकाहरूको संवेदनशीलतामा पनि ध्यान दिन पनि संचार जगतलाई उनिहरुको आग्रह छ ।

नेत्रहिन युवा संघका अध्यक्ष रामचन्द्र गैरेले अपाङ्गता भएकाहरुका लागि शब्द चयन, मर्यादित भाषा प्रयोग तथा मानव अधिकारको दृष्टिकोण बाट समेत हेरिदिन आग्रह गर्नु भयो । उहाँले समावेशीकरणको क्षेत्रमा मिडिया र सञ्चारकर्मीबीच सहकार्यको नयाँ यात्राको सुरुवात भएको भन्दै आगामी दिनमा सञ्चारक्षेत्रसंग निरन्तर सहकार्य हुने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल नेत्रहिन संघका अध्यक्ष शिशिर खनालले समाचार र सूचनामा अपाङ्गताभएकाहरुको सहज पहुचँ पुग्नेगरी समाचार प्रशारणको व्यवस्था गर्नुपर्ने जोड दिनु भयो ।

उहाँले अपाङ्गता भएकाहरू देशका विभिन्न सरकारी देखि गैरसरकारी क्षेत्रमा समेत सक्रिय रहेको भन्दै भौतिक संरचना देखि सामाजिक मनोविज्ञान समेत परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घका अध्यक्ष सन्तोष केसीले सञ्चारमाध्यमहरु फरक फरक क्षमता भएकाहरुका लागि संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.