भोटेकोशीको उद्गमस्थलमा निर्माण भएको तालको पानी भरिएर बग्न शुरु 

तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह ।

काठमाडौँ- भोटेकोशीको उद्गमस्थलमा निर्माण भएको तालको पानी भरिएर बग्न शुरु गरेको छ बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
”परराष्ट्र मन्त्रालयबाट प्राप्त सूचना अनुसार भाद्र १० मा बाढी सृजना भएको स्थानमा नदी थुनिएर बनेको ताल भरिएर पानी बग्न थालेको र त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को सूचना नआउदा सम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।” बाढी पुर्वानुमान महाशाखाले भनेको छ ।
ताल विस्फोट भएको नभई तालबाट पानी बग्ने पानीको मात्रा बढेर खोलामा पानीको सतह बढ्न थालेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।
तालको पानी बगेर आएको बाढी बुधबारको बाढीको तुलनामा ६ गुणा सानो भएको जानकारी आएको पनि उहाँले बताउनुभयो । खोलाको सतह बढेपछि सतर्कता अप्नाउन सरकारले आग्रह गरेको छ ।
भोटेकोशी नदीको मुहानस्थलमा शुन्य दशमलब ११ वर्ग किलोमिटर क्षेत्रफलको नयाँ ताल बनेको थियो । सो क्षेत्रफलको ताल भन्नाले करिब २ सय मिटर चौडाइ र साढे ५ सय मिटर लम्बाइको ताल बराबर हुनसक्ने देखिएको प्राधिकरणले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.