खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन

काठमाडौँ-भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ‘ब्रिफिङ’ लिनुभएको छ ।

बाढी प्रभावितको उद्धार तथा राहतमा पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे जानकारी लिएपछि सभापति लामिछानेले प्रभावकारी ढङ्गले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभापति लामिछानेले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ ।

भोटेकोशी क्षेत्रमा बाढीका कारण प्रभावित तथा जोखिममा रहेका नागरिकको खोज, उद्धार र राहतलाई प्राथमिकतामा राख्दै पार्टीका सबै तहलाई सक्रिय रूपमा परिचालित हुन सभापति लामिछानेले आग्रह गर्नुभएको रास्वपाले जनाएको छ ।

सभापति लामिछानेले प्रभावित पालिकाको सभापतिसँग पनि छलफल गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.