प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा थप तीव्रता

काठमाडौँ- रसुवा भोटेकोशी बाढी पछिको छैटौँ दिन बाढी प्रभावितको उद्धार तथा राहतको कार्यलाई थप तिव्र पार्दै लगिएको छ । उद्धार तथा राहतकाका लागि नेपाली सेनासहित२० हजार बढी सुरक्षाकर्मीहरु परिचालन भएको छ । गएराति पनि उद्धार उद्धारकार्यलाई जारी राखिएको थियो । विशेषगरी रसुवा, टिमुरे, त्रिशूली तथा धुन्चे क्षेत्रमा केन्द्रित रहेका छन् ।
बाढीमा परेका ७ सय ८१ जना को मृत्यु भइसकेको छ । २५ सय बढी बाढीका कारण हराइ रहेका छन् । यो संख्य थप बढन सक्ने बताइएको छ। हाल सम्म बाढीमा परेका ९,४३५ उद्धार भएको छ ।
आइतबार मधेश र राजधानी काठमाडौ जोडने मुख्य लाइफलाइन मानिएको पृथ्वी राजमार्गको करिव १ किलोमिटर भासिएसँगै काठमाडौँमा खाद्यन्य र ग्यास तेल लगायत अति आवश्यक बस्तुको आपूर्तिका लागि बेकल्पिक मार्ग प्रयोगमा ल्याइको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।
यसै बीच उर्जा मन्त्री विराज भक्त श्रेष्ठ नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्नेछन् । मन्त्रीको सचिवालयकाअनुसार स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिन प्रभावित क्षेत्र तर्फ लाग्नु भएको छ । जहाँ वत्ती नपुगेको ठाउँमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्थापन उपायबारे छलफल हुनेछ ।
नुवाकोटबाट मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवा जाने र जलविद्युत् आयोजनाको सुरुङमार्ग क्षेत्रमा भइरहेको उद्धारको अवस्था र कठिनाइ, क्षतिको विवरणबारे जानकारी लिने बताइएको छ।






प्रतिक्रिया राख्नुहोस्