रसुवामा विद्युत् सेवा सुचारु

रसुवा– भोटेकोशी नदीमा आएको बाढीका कारण रोकिएका विद्युत् सेवा पुनःसुचारु भएको छ ।

नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाले जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिकाको सदरमुकाम धुञ्चे, भार्खु तथा प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड क्षेत्रमा विद्युत् सेवा सुचारु गरेको हो ।

प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बाबजुद प्राविधिकको निरन्तर प्रयासपछि सेवा सञ्चालन गरिएको प्राधिकरणका प्रमुख गुञ्जमान तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.