नुवाकोटको त्रिशुली पारीको भूभाग सडक सञ्जालमा जोडियो

काठमाडौँ- त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशुली पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सुचारु गरिएको छ।

गल्छी-त्रिशुली राजमार्गअन्तर्गत त्रिशुली पुल पारीबाट त्रिशुली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशुली बजारसम्म सडक सञ्चालनमा आएको हो।

सडक सुचारु भएसँगै नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको छ। साथै, प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहजता हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.