दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै राखेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले निरन्तरको कठिन चुनौतीका बाबजुत उद्धारमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र सेन्टल कमाण्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

आज बिहान त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारी सञ्जय साह र कवीर महर्जनको उद्धार गरिएको थियो । उहाँले उद्धार टोली अझै पनि सबै सुरुङमा निरन्तर खटिइ रहेको जानकारी दिनुभयो ।

गृहमन्त्री गुरुङ सुरुङबाट साह र महर्जनको सकुशल उद्धारका बेला उहाँहरु दुवै जना र उद्धार टोलीलाई हौसला प्रदान गर्न सोही ठाउँमा पुग्नुभएको थियो ।

गृहमन्त्री गुरुङले बाढीमा परी सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास गर्नु हुने सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेको कामको उच्च कदर गरिएको उल्लेख गर्नुभएको छ ।
–––

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.