प्रभावित क्षेत्रमा शव व्यवस्थापनसँगै वातावरण निःसंक्रमण कार्य तीव्र

काठमाडौँ- प्रभावित क्षेत्रमा शवको ब्यवस्थापन सँगै थप स्वास्थ्य समस्या आउन नदिन चिकित्सकसहितको टोली परिचालन गरिएको छ।
स्वास्थ्य मन्त्रालयबाट खटिएको टोलीले प्रभावित क्षेत्रमा पुगेर पीडितहरुलाई थप उपचार, शव व्यवस्थापन, पोस्टमार्टम लगायतका कार्यमा समन्वय गरिरहेको छ। प्रभावित क्षेत्रमा शव व्यवस्थापनपछि वातावरण निःसंक्रमणको कार्य पनि सँगसँगै अघि बढाइएको छ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन तथा शव व्यवस्थापनपछि प्रभावित क्षेत्रमा थप जनस्वास्थ्य जोखिम बढ्न नदिन टोलीले आफ्नो कामलाई तीव्रता दिएको हो।

बाढी प्रभावित तीनवटै जिल्लामा विभिन्न सरकारी निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले उपलब्ध गराएका स्वास्थ्य सामग्रीसहित स्वास्थ्य टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैगरी, प्रभावित क्षेत्रमा SORAMAS मार्फत ज्वरो तथा झाडापखालाजन्य केसहरूको नियमित अनुगमनसमेत जारी राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन तथा शव व्यवस्थापनपछि वातावरण निःसंक्रमणको कार्यलाई थप तीव्र बनाइएको महामारी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. अमृत पोखरेलले जानकारी दिनुभयो।






प्रतिक्रिया राख्नुहोस्