दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो,सतर्क रहन प्रशासनले आग्रह
नदी पूर्ण रूपमा थुनिएर एक्कासि पानीको बहाव बढ्न सक्ने जोखिम

दार्चुला– पहिरोका कारण चमेलिया नदी (चौलानी नदी) पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेपछि दार्चुलाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पहिरो गएको क्षेत्रमा साना पहिरो खस्ने क्रमसमेत जारी छ भने लगातार सिमसिम पानी परिरहेकाले थप जोखिम रहेको छ।
नदी पूर्ण रूपमा थुनिएर एक्कासि पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
पहिरो गएको स्थानभन्दा तल अपिहिमाल, मार्मा, शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिका पर्छन्। ती क्षेत्रका स्थानीय तहलाई सम्भावित जोखिमबारे जानकारी गराइएको पौडेलले जानकारी दिनु भयो । स्थानीयस्तरमा चमेलिया नदीलाई चौलानी नदीसमेत भन्ने गरिन्छ।







प्रतिक्रिया राख्नुहोस्