शुक्रबार साँझसम्म बाढी प्रभावित क्षेत्रबाट १३ हजार ९५ जनाको उद्धार

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार २९४ पुगेको छ।

प्राधिकरणका अनुसार शुक्रबार साँझ ६:३० बजेसम्म बाढी प्रभावित क्षेत्रबाट १३ हजार ९५ जनाको उद्धार गरिएको छ। बाढीमा परी ५ हजार ५३ जना अझै बेपत्ता छन्।

यस्तै, बाढीमा परी घाइते भएका ५ हजार ६६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६२७ जना प्रभावितलाई व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई  तीव्रता दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.