पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु, दशजना घाइते

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन ।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस आज विहान दाउन्नेमा अनियन्त्रित भएर नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार बसमा चालक सहित १८ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाईते भएको र दुई जना सकुशल रहेका छन ।
मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा र पठाएको छ । घाइते मध्ये गोरखा, अछाम, बर्दिया, बाजुरा, बाँके, ललितपुर र सल्यानका यात्रु रहेका छन ।






प्रतिक्रिया राख्नुहोस्