मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभार

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभार दिइएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहनुभएकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यभारको जिम्मेवारी तोक्नुभएको हो।
अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिका भ्रमणमा हुनुहुन्छ। उहाँ विश्व बैंकसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन अमेरिका जानुभएको हो।
त्यस्तै, परराष्ट्रमन्त्री खनाल प्रि–कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी भ्रमणमा हुनुहुन्छ।
दुवै मन्त्री विदेश भ्रमणमा रहेका बेला सम्बन्धित मन्त्रालयको नियमित कामकारबाही सञ्चालनका लागि प्रधानमन्त्री शाहले मन्त्री श्रेष्ठलाई कार्यभारको जिम्मेवारी दिनुभएको हो।






प्रतिक्रिया राख्नुहोस्