महिला उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी

काठमाडौँ- नेपाली काँग्रेसको १५ महाधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिमा महिला उपसभापति तर्फ पुष्पा भुषालले उम्मेदवारी दिनु भएको छ ।

पूर्व उपसभामुख समेत रहनु भएकी भुषाललले  महिला तर्फबाट उपसभापतिको उम्मेदवारी दर्ता गराउनु भएको हो । यसै गरी  उद्यमी विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दिनु भएको छ।

चौधरीले समावेशी समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

महामन्त्रीमा डा सुनीलकुमार शर्मा, नैनसिंह महरको उम्मेदवारी परेको छ । यसैगरी सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता गराउनु भएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ।

महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ।

नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.