चुनाव एक दिन पनि सर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा धनुषाको ढल्केबरमा विद्युतको सब–स्टेसन उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा तोकिएको चुनाव एक दिन पनि पर नसर्ने बताउनुभएको छ ।

धनुषाको ढल्केबरमा विद्युतको सब–स्टेसन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले तोकिएकै समयमा चुनाव हुने दोहो¥याउँदै निर्वाचन आयोगले तयारी तीव्र बनाएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पशुपतिमा १ सय ४१ किलोको सुनको जलहरी हालिदिने सरकारको निर्णयको विरोध गरिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । ‘चाँदीकै हाल्नुपर्थ्यो । सुनको हाल्नुहुन्न, परम्परा बिग्रिन्छ भनेर मिडियाले लेखे । म त्यस्तालाई सोध्न चाहन्छु, तपाईंको बुवा पण्डित तपाईँ किन पत्रकार हुनुभयो रु पण्डितै भएको भए पो परम्परा बाँच्थ्यो,’ उहाँको भनाइ थियो, ‘मेरो बुवा हलो जोत्नुहुन्थ्यो, म प्रधानमन्त्री भएँ । राम्रो कामका लागि परम्परा भत्काउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले पार्टीभित्र उपद्रो गर्नेहरु अलग भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.