दुई मोटरसाइकल ठाेक्किँदा एक जनाकाे मृत्यु

दाङ- दाङमा बिहिवार साँझ दुई माेटरसाईकल एक आपसमा ठाेक्कीएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घाेराही २ रामपुरमा ४० वर्षका टाेपबहादुर वली रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटना पछि माेटरसाइकलमा आगलागी भएको थियोे । माेटरसाइकल जलेकाले माेटरसाइकल नम्बर पहिचान हुन सकेको छैन । दुर्घटनामा दुई जना घाइते भएका छन् भने १ जनाकाे अवस्था गम्भीर रहेको छ ।

घाइते दुवैको घाेरही स्थिति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचार भैरहेको छ ।

घाइते हुनेमा दाङको बंगलाचुली गाउँपालिका ४ का सुनिल खत्री र रामबहादुर डाँगी रहेको प्रहरीले जनाएको छ ।

तिव्र गतिमा रहेको एक माेटरसाइकलमा ३ जना सवार रहेको र बंगलाचुली ४ का माेटरसाइकल चालक माेहन डाँगी दुर्घटना पछि फरार रहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.